Dhulikhel Eco Banner new

क्याविनेट फेरबदल हुने पक्का : अर्थमा वर्षमान, महतलाई परराष्ट्र !

नारायणकाजीलाई सम्माननीय बनाउने तयारी

15.81K
shares

काठमाडौं, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् सदस्यहरु फेरबहदल गर्ने पक्कापक्की भएको छ । पुराना केहीलाई फिर्ता बोलाउने र केहीलाई जिम्बेवारी दिनेगरी प्रचण्डले तयारी थालेका छन् ।

आफू नेतृत्वको क्याविनेटका सदस्यहरुको जिम्बेवारी फेरबदल गर्न केही महिना अघि नै तयारी गरेका थिए । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साथ नदिए पछि प्रधानमन्त्रीको चाहाना पूरा हुन सकेको छैन ।

पछिल्लो समय गठबन्धन नै फुट्ला जस्तो देखिएपछि भने देउवा नरम बनेका छन् । देउवाको ग्रिन सिंग्नल पाएपछि प्रधानमन्त्री प्रचण्डले क्याविनेट सदस्यको जिम्बेवारी फेरवदल गर्न लागेका हुन् ।

क्याविनेट फेरबदल हुँदा कांग्रेसले गृहमन्त्रालय लिनेछ । जसमा गृहमन्त्रीका रुपमा कृष्णप्रसाद सिटौलालाई अघि सार्ने कांग्रेसको तयारी छ । उता अर्थमन्त्रालय माओवादीले पाउने भएपछि वर्षमान पुन दोस्रो पटक अर्थमन्त्रालयको बागडोर सम्हाल्नेछन् ।

अहिलेका अर्थमन्त्री डा. प्रकाशरण महत देउवाका विस्वास पात्र हुन् । यसकारण महतलाई घर पठाउने सोचमा भने देउवा छैनन । सकेसम्म यो बजेट महतलाई नै बनाउन दिने देउवाको सोच थियो । अर्थमन्त्रालय माओवादीलाई छाड्नु परेको अवस्थामा भने महतलाई अर्को शक्तिशाली मन्त्रालय परराष्ट्रको जिम्मा लगाइनेछ ।

नारायणकाजीलाई सम्माननीय !

अहिलेक्र तयारी अनुसार प्रचण्डले काम गर्न पाएको अवस्थामा भने गृहमन्त्री नारायणकाजी श्रेष्ठको बढुवा हुनेछ । अर्थात, अहिले माननीय रहेका मन्त्री श्रेष्ठ सम्माननीय जस्तो गरिमामय पदमा पुग्नेछन् । सिटौलालाई गृहमन्त्रीमा चित्त बुझाउन सकेको अवस्थामा नारायणकाजीलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने प्रचण्डको तयारी छ ।

यद्यपि, यस विषयमा प्रचण्ड र नारायणकाजीबीच छलफल भइसकेको छैन । ‘६ वर्ष पदावधि भएकाहरु जस्तै झक्कु सुवेदी लगायत मध्ये एक जनालाई राष्ट्रियसभा अध्यक्ष बनाउने भन्ने सोच हो, यसो हुँदा ६ वर्ष एउटा महत्वपूर्ण पद माओवादीको जिम्मा हुन्छ’ प्रचण्ड निकट एक नेता भन्छन्, ‘प्रकाश (नारायणकाजी) कमरेड अध्यक्ष बन्न तयार हुनु भएको अवस्थामा भने ६ वर्षको लोभ गरिदैन, बस उहाँ तयार हुनु चाहिँ परो ।’