आइतबार तोलामै २ हारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८० फागुन २० आइतवार ११:४२
shares

काठमाडौं, आज आईतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले वृद्धि भएको छ ।
आज छापावाला सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार ४५० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ ।
यसअघि पुस २२ गते सुनको भाउ हालसम्मकै उच्च विन्दु १ लाख २२ हजार रुपैयाँ पुगेको थियो । अहिले सुनको भाउ फेरि सोही मूल्यमा पुग्न लागेको छ ।
यस्तै आइतबार चाँदी पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४१० रुपैयाँ पुगेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।















