आइतबार ११.७८ अंकले घट्यो नेप्से
वि.सं.२०८० फागुन २० आइतवार १५:३६
shares

काठमाडौं, २० फागुन । आइतबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) ११.७८ अंकले घटेर १९६०.३० विन्दुमा कायम भएको छ ।
आइतबार बजार बन्द हुँदा सम्ममा २ अर्ब ८ करोड २७ लाख ८६ हजार रुपैयाँ बराबरको ५५ लाख ७४ हजार २०७ कित्ता शेयर किनबेच भएको छ ।
आइतबार १७३ वाटा कम्पनीको शेयर घटेको छ भने ६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ८ कम्पनीको शेयर भने स्थिर रहेको छ ।
नेप्सेको १३ वटा समुह मध्ये २ समुहको शेयर बढेको छ भने अन्यको घटेको छ । बढ्ने उपसूचकमध्ये होटल तथा टुरिजम र उत्पादन समुहको शेयर बढेको छ ।
नेप्सेको ३ वटा उपसूचकमध्ये सबैको शेयर घटेको छ । जसमा सेन्सेटिभ इन्डेक्स १.९२ अंकले, फोल्ट इन्डेक्स ०.८३ अंकले र सेन्सेटिभ फोल्ड इन्डेक्स ०.६७ अंकले घटेको छ ।

















