GBIME

‘निर्यात उद्योगलाई बैंकको ब्याजरमा सहुलियत दिनु पर्छ’

654
shares

काठमाडौं, २६ फागुन । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नियात उद्योगलाई बैंकको ब्याजरमा सहुलियत दिनु पर्ने बताएका छन् । नेपाल तयारी पोशाक उद्योग संघको २९औँ वार्षिक साधारणसभा बोल्दै अध्यक्ष मल्लले यस्तो बताएका हुन् ।

‘सरकारी नीति पनि कतिपय कुरामा निर्यात प्रवद्धनको लागि उपयुक्त छैन’, मल्लले भने, ‘नियात उद्योगलाई बैंकको ब्याजदरमा पनि सहुलियत दिनु पर्छ ।’

अहिले बैंकको ब्याज, झन्झटिलो प्रक्रिया लगायतका कुराहरुले गर्दा गरिहरेको व्यवसया छाडेर जाने स्थितिमा पुगेको अध्यक्ष मल्लले बताए ।

बगलादेश र हाम्रो ग्रामेन्ट उद्योग एउटै स्थानमा भएको तर अहिले बगलादेशले हामीलाई छाडेको समेत मल्लले बताए । त्यास्तो हुनुमा नीतिगत रुपमा पनि केही समस्या भएको र त्यो समस्या समाधान गर्नुपर्नेमा मल्लले जोड दिए ।

मल्लले तयारी पोशाक उद्योग मुलुकको अर्थन्त्रको मेरुदण्डका रुपमा रहेकाले यो क्षेत्रको विकासमा ध्यान दिन अनुरोध गरे । सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेकाले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउन थप सहयोग आवश्यक भएको उनले बताए ।

ब्राण्ड बनाउन नसकेको कारण अहिले तयारी पोशाक उद्योग समस्या भएको उनले बताए ।

साधारणसभा कार्यक्रममा प्रमुख अतिथि उपप्रधान तथा भौतिक तथा यातयात मन्त्री रघुविर महासेठ थिए । त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, प्रतिनिधिसभाको उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति रामहरि खतिवडा, सदस्य सीता मिजार र गणेश पराजुली लगायतको उपस्थिति रहेको थियो ।