GBIME

‘अर्थतन्त्र सबल बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनु पर्छ’

648
shares

काठमाडौं, २६ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

अध्यक्ष ढकालले नेपाल तयारी पोशाक उद्योग संघको २९औँ वार्षिक साधारणसभा बोल्दै यस्तो बताएका हुन् ।

‘हामी आग्रह गछौँ आर्थिक एजेण्डमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनु पर्छ’, ढकालले भने, ‘रोजगारी, आर्थिक गतिविधि बढ्यो भने पछि राजनिति आफ्नो–आफ्नो ढंकगले गर्दै गरौँला ।’

चैतमा हुन लागेको महासंघको वार्षिक साधारणसभामा सबै राजनितिज्ञ दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, प्रनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका सबैजलाई प्रतिनिधित्व हुने गरि कार्यक्रम गर्ने लागेको अध्यक्ष ढकालले जानकारी दिए ।

त्यस्तो कार्यक्रम गर्नुको उद्देश्य सबै दलको आर्थिक एजेण्डामा एकबद्धता होस् भन्ने भएको ढकालले बताए । विप्पालाई जति सक्दो छिटो पास गरेर अगाडि बढाउनुपर्नेमा पनि अध्यक्ष ढकालले जोड दिए ।

उपप्रधान तथा भौतिक तथा यातयातमन्त्री रघुविर महासेठ प्रमुख अतिथि रहेको कार्यक्रममा ढकाले मन्त्रीलाई निर्माण व्यावसायीको भुक्तानी छिटो दिन समेत आग्रह गरेका थिए ।

‘निजी क्षेत्रलाई सरकारले विश्वासमा लिनुपर्छ’, ढकालले भने, ‘खब केबल नीतिको खाचो रहेको छ, काम गरेको बिल आएको कुराहरु सरकारले तुरुन्त भुक्तानी गर्छ है सन्देश दिनु पर्छ ।’

साधारणसभा कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, प्रतिनिधिसभाको उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति रामहरि खतिवडा, सदस्य सीता मिजार र गणेश पराजुली लगायतको उपस्थिति रहेको थियो ।