GBIME

तयारी पोशाक उद्योग संघको २९औँ वार्षिक साधारणसभा सम्पन्न

1.01K
shares

काठमाडौं, २६ फागुन । नेपाल तयारी पोशाक उद्योग संघको २९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा उपप्रधान तथा भौतिक तथा यातयात मन्त्री रघुविर महासेठको प्रमुख आतित्यथामा सम्पन्न भएको हो ।

सन् १९८७ मा स्थापना भएको संघमा एक सयभन्दा बढी तयारी पोशाक उद्योगी आबद्ध छन् । तयारी पोशाक उद्योग क्षेत्रमा ४० हजार रोजगारी सृजना भएको संघले जनाएको छ ।

तयारी पोशाक उद्योगलाई प्रवर्द्धन गर्न नीतिगत सुधार, प्रक्रियागत सरलीकरण तथा व्यावसायिक वातावरण बनाउनुपर्नेमा तयारी पोशाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले जोड दिए ।

गत आवमा भारत तथा तेस्रो मुलुकमा करिब रु नौ अर्ब बराबरको तयारी पोशाक निर्यात भएको र तयारी पोशाक प्रमुख निर्यातजन्य वस्तुको सूचीमा रहेको पाण्डेले जनाकारी दिए । गलैँचा प्रथम र तयारी पोशाक दोस्रो स्थानमा रहेको संघका अध्यक्ष पाण्डेले जानकारी दिए ।

साधणसभाको अवसरमा उपप्रधानमन्त्री महासेठले सन् २०२२÷२३ मा भारत तथा तेस्रो मुलुकमा सबैभन्दा बढी तयारी पोशाक निर्यात गर्ने ३ उद्योगलाई सम्मान प्रदान गरेका थिए । सो अवधिमा ट्राई क्रट इन्डस्ट्रिजले १ अर्ब १७ करोड, नेपाल फेसन प्रालिले ६६ करोड र पल्स फेसन सोलुसन प्रालिले ४३ करोड रुपैयाँको तयारी पोशाक निर्यात गरेका थिए ।

संघको कार्यसमितिमा १० वर्षभन्दा बढी समय सेवा गरेका पदाधिकारी एवं सदस्यलाई सम्मान गरिएको थियो ।

साधारणसभा कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, प्रतिनिधिसभाको उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति रामहरि खतिवडा, सदस्य सीता मिजार र गणेश पराजुली लगायतको उपस्थिति रहेको थियो ।