Dhulikhel Eco Banner new

७ महिनामा कुल आन्तरिक कर्जा ३.२ प्रतिशतले बढ्यो

3.61K
shares

काठमाडौं, २७ फागुन । आर्थिक वर्ष २०८०÷८१ को सात महिनामा कुल आन्तरिक कर्जा ३.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.९ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो कर्जा ८.० प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ७.३ प्रतिशतले घटेको बैंकले सार्वजनिक गरेको विवरणमा छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ४.१ प्रतिशतले बढेको विवरणमा समावेस छ । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो दावी २०.६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दावी ४.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.४ प्रतिशतले बढेको छ ।