Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंकको ८१ सालको भित्तेपात्रो प्रकाशन (क्यालेन्डरसहित)

6.18K
shares

काठमाडौं, २७ फागुन । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । आइतबार बैंकले उक्त क्यालेन्डर आफ्नो आधिकारिक वेवसाइट मार्फत प्रकाशन गरेको हो ।

स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्विरहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्दै यस बर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहकहरु समक्ष ल्याएको बैंकले बताएको छ ।

उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागी तस्विरहरु मध्येका उत्कृष्ट बाह्र तस्बिरहरू समावेश गरिएको बैंकले जनाएको छ ।

भित्तेपात्रोमा मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषय समावेस भएको छ । क्यालेन्डरको डिजिटल कपी बैंकको आधिकारिक वेवसाइटबाट डाउनलोड गर्ने सकिने बैंकले जनाएको छ ।