Dhulikhel Eco Banner new

महिला लघुवित्त वित्तीयको साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

5.92K
shares

काठमाडौं, २८ फागुन । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको छेटौं वार्षिक साधारणसभा आईतबार धुलिखेल काभ्रेमा सम्पन्न भएको छ ।

लघुवित्तका अध्यक्ष तारा कुँवरको अध्यक्षतामा भएको सभामा विभिन्न प्रस्तावहरु पारित भएको छ । सभाबाट संस्थापक तर्फबाट पुन: तारा कुँवर, इमान सिंह गुरुङ, सुभाष जमरकटेल र माया भण्डारी संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन् ।

आर्थिक वर्ष २०७९÷८० को प्रतिवेदन, सभामा लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह विवरण, लेखापरीक्षक नियुक्ति रा पारिश्रमीक निर्धारण प्रताव पारित गरेको छ ।

त्यस्तै, सभाले अर्को लघुवित्तसँग मर्जरमा जान मूल्यांकनकर्ता नियुक्त गर्ने सम्पुर्ण अधिकार सञ्चलक समितिलाई दिने र संचालकहरुको बैठक भत्ता तथा अन्य सविधा बढाउने लगायतको प्रताव पारित भएको छ ।

सभाको प्रमुख अथिति महिला अधिकार तथा विकास केन्द्रको अध्यक्ष तथा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक अध्यक्ष एमव् पुर्व सांसद तुलसी थापा रहेका थिए । सभा कम्पनीका सचिव एवम् प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले सञ्चालन गरेका थिए ।