Dhulikhel Eco Banner new

नेरुडे र मिर्मिरे लघुवित्तको आजबाट एकीकृत कारोबार सुरु

5.55K
shares

काठमाडौं, २० फागुन । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तको मर्जर भएपछि आज बुधबारबाट एकीकृत कारोबार सुरु भएको छ ।

मर्जर पश्चात कम्पनीको नयाँ नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड भएको छ । सोही नामबाट बुधबार (आज)बाट एकीकृत कारोबार हुने भएको छ ।

दुई लघुवित्त एक बराबर १ शेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । गत बैशाख १० गते सम्पन्न यी दुबै लघुवित्तको विशेष साधारण सभाले एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेका हुन् ।

मर्जरका लागि नेपाल राष्ट्र बैंकले गत कात्तिक ३ गते यी दुई लघुवित्तलाई अन्तिम स्वीकृती प्रदान गरेको थियो ।