सिटिजन्स बैंकद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक
वि.सं.२०८० फागुन ३० बुधवार १३:०७
shares

काठमाडौं, ३० फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । आज बैंकमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विभिन्न ऋतुमा फुल्ने सुन्दर फूललाई विषयवस्तु मानेर सिर्जना गरिएको क्यालेन्डर सर्वजनिक गरेको हो ।
सो समारोहमा नायब कार्यकारी अधिकृतहरु र व्यवस्थापन कार्यकारी समितिमा रहेका प्रमुखहरुको सहभागिता रहेको थियो । बैंकले विभिन्न सिजनमा फुल्ने फूल विषयवस्तु राखेर प्रकृतिको महिमाको स्पर्श ल्याउने लक्ष्यले क्यालेन्डर सार्वजनिक गरेको हो ।
वसन्त ऋतुमा फुल्ने फूलको उज्यालो रंगहरूदेखि शिशिर ऋतुमा फुल्ने फूलहरुको शान्त लालित्यसम्म गरि नव वर्ष २०८१ सुन्दर बनोस् भन्ने परिकल्पना बैंकले गरेको छ ।
बैंकको १९० शाखा, १५२ एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३१ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ रहेको बैंक यस आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेरे ६० वाट जिल्लामा पुग्ने बैंकका प्रवक्ता नारायण राज अधिकारीले जनाकारी दिए ।














