Dhulikhel Eco Banner new

प्रि ओपन सेसनमा बढ्यो नेप्से

3.41K
shares

काठमाडौं, ८ चैत । नेपाल स्टक एक्चेञ्ज (नेप्से) प्रि ओपन सेसनमा बढेको छ । साताको अन्तिम प्रि ओपन सेसनमा नेप्से १.५६ अंकले बढेर २०६५.५१ विन्दुमा पुगेको छ । बुधबार नेप्से ३.३४ अंकले घटेर २०६३.९५ विन्दुमा कायम भएको थियो ।

बिहिबार सेसनमा ३ हजार ६८६ कित्ता शेयर २७ लाख २६ हजार २९८ रुपैयाँमा ६६ पटक किनबेच भएको छ ।

प्रि सेसनमा ३७ कम्पनीको शेयर किनबेच हुँदा २२ कम्पनीको शेयर बढेको छ भने १२ कम्पनीको शेयर घटेको छ । २ कम्पनीको शेयर स्थिर रहेको छ ।