GBIME

सर्वोत्तमको शेयरमा ७औँ दिन पनि सकारात्मक सर्किट, न्युनतम आइपीओ पार्नेले कमाए ५४ हजार

1.72K
shares

काठमाडौं, १५ चैत । सर्वोत्तम सिमेन्ट लिमिटेड नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा ७औँ दिन पनि सकारात्मक सर्किट हनेको छ । कारोबारमा आएको दिन देखि नै १० प्रतिशतले बढेर सकारात्म सर्किट निरन्तर हानिरहेको छ ।

सर्वोत्तम नेप्सेमा करोबारमा आएको ७ दिन मात्र भएपनि शेयरमा भने निरन्तर सकारात्म सर्किट हानिरहेको छ । यसरी सर्किट जारी रहदाँ लगानीकर्ता पनि मनग्य आम्पदनी गरिरहेका छन् ।

सर्वोत्तमको आइपीओ पार्नेले भने राम्रो प्रतिफल पाएका छन् । आज मात्र पनि सर्वोत्तमको शेयर ९८ रुपैयाँ ४० पैसा बढेर १०८३ रुपैयाँ पुगेको छ । त्यो संगै आइपीओ पार्नेले भने ५४ हजार १५० रुपैयाँ कमाएका छन् । त्योसँगै लगानीकर्ताले ३०० प्रतिशत सम्म रिटन पाएका छन् ।

आज मात्र १ लाख १७ हजार ६२ कित्ता शेयर कारोबार भएको छ । आज १००४ रुपैयाँबाट सर्वोत्तमको शेयर किन्न सुरु भएर बढ्दै १०८३ रुपैयाँ सम्ममा किनेका छन् ।

फागुन २५ गते सर्वसाधरणलाई आईपीओ बाडफाड भएको सर्वोत्तमको शेयर चैत ६ गतेबाट नेप्सेमा कारोबारमा आएको थियो ।

सर्वोत्तमले बुक विल्डिङ विधिमार्फत २ लाख ६७ हजार कित्ता विदेशमा रहेकाको लागि, ९ लाख ३० हजार कित्ता आयोजना प्रभावित व्यक्तिको लागि र २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणमा शेयर जारी गरेको थियो ।

प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा आईपीओमा न्युनतम ५० कित्ताका लागि आईपीओ खुल्ला गरेको थियो । आईपीओ बाडफाड भएर नेप्सेमा ओपनिङमै ५५६ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको थियो ।