GBIME

साताको नेप्से : देखिएन लगानीकर्ताको उत्साह, कुन दिन कस्तो थियो बजार ?

1.13K
shares

काठमाडौं, १५ चैत । यो सता नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा लगानीकर्ताको उत्साहा खासै देखिएन । आइतबार होलीका कारण बन्द रहेको नेप्से सोमबार बाट मात्र खुलेको थियो ।

यो साता ४ दिन मात्र नेप्से कारोबारमा आएको भएपनि बजार भने घट्ने बढ्ने नै देखियो । यो साता बजार कम अंकले बढेपनि बढी अंकले नै घटेको देखियो । यो साता २ दिन बजार बढेको थियो भने २ दिन बजार घटेको थियो ।

सोमबार
सोमबार नेप्से १७.०३ अंकले घटेको थियो । सोमबार नेप्से ०.८८ प्रतिशतले घटेर २०३१.५५ विन्दुमा कायम भएको थियो । सोमबार २ अर्ब ४८ करोड ९१ लाख १८ हजार रुपैयाँ बराबरको ७० लाख ६१ हजार १२ कित्ता शेयर ४४ हजार २३६ पटक किनबेच भएको थियो ।

सोमबार ३०४ कम्पनीको शेयर किनबेच हुँदा ३७ कम्पनीको शेयर मूल्य बढेको थियो भने २०४ कम्पनीको शेयर मूल्य घटेको थियो । ३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।

मंगलबार
मंगलबार १०.१४ अंकले नेप्से बढेको थियो । मंगलबार नेप्से ०.४९ प्रतिशतले बढेर २०४१.७० विन्दुमा पुगेको थियो । मंगलबार २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार रुपैयाँ बराबारको ९८ लाख ४२ हजार ३९२ कित्ता शेयर ४९ हजार ५१२ पटक किनबेच भएको थियो ।

मंगलबार ३१० कम्पनीको शेयर किनबेच हुँदा १६८ कम्पनीको शेयर बढेको थियो भने ६९ कम्पनीको शेयर घटेको थियो । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।

बुधबार
बुधबार नेप्से १०.८३ अंकले घटेको थियो । बुधबार बजार बन्द हुँदा नेप्से ०.५३ प्रतिशतले घटेर २०३०.८६ विन्दुमा कायम भएको थियो । बुधबार २ अर्ब २३ करोड ५४ लाख ८६ हजार रुपैयाँ बराबरको ६० लाख ४७ हजार २१ किक्ता शेयर ४४ हजार २४९ पटक किनबेच भएको थियो ।

बुधबार ३१० वटा कम्पनीको शेयर किनबेच हुँदा ५१ वटा कम्पनीको शेयर मूल्य बढेको थियो भने १८८ वटा कम्पनीको शेयर मूल्य घटेको थियो । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।

बिहिबार
बिहिबार नेप्से ४.७८ अंकले बढेको छ । बिहिबार बजार बन्द हुँदा नेप्से ०.७८ प्रतिशतले बढेर २०३५.६४ विन्दुमा कायम भएको छ ।

बिहिबार २ अर्ब ६५ करोड ३३ लाख ४९हजार रुपैयाँ बराबरको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर ५३ हजार ६१९ पटक किनबेच भएको छ । यस दिन ३१३ वटा कम्पनीको शेयर किनबेच हुँदा १२० कम्पनीको शेयर बढेको छ भने ११५ कम्पनीको शेयर घटेको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

सार्वोत्तम सिमेन्टको करोबारमा आएको ७औँ दिन बिहिबार पनि सकारात्मक सर्किक हानेको छ ।