GBIME

बिहिबार झिनो अंकले बढ्यो शेयर बजार, कारोबार साढे २ अर्ब मात्र

1.09K
shares

काठमाडौं, १५ चैत । आज साताको अन्तिम शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्चेञ्ज (नेप्से) ४.७८ अंकले बढेको छ । आज बजार बन्द हुँदा नेप्से ०.७८ प्रतिशतले बढेर २०३५.६४ विन्दुमा कायम भएको छ ।

आज २ अर्ब ६५ करोड ३३ लाख ४९हजार रुपैयाँ बराबरको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर ५३ हजार ६१९ पटक किनबेच भएको छ । आज ३१३ वटा कम्पनीको शेयर किनबेच हुँदा १२० कम्पनीको शेयर बढेको छ भने ११५ कम्पनीको शेयर घटेको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

सार्वोत्तम सिमेन्टको करोबारमा आएको ७औँ दिन पनि सकारात्मक सर्किक हानेको छ । कारोबारको आधामा पनि सार्वोत्तमकै धेरै भएको छ ।

उन्नति सहकारी लघुवित्त र धौलागिरी लघुवित्तको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किक हानेको छ ।

आज सेन्सेटिभ इन्डेक्स ०.३६ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.०५ अंकले बढेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२७ अंकले घटेको छ । धेरै शेयर सिवम सिमोन्टको किनबेच भएको छ ।

१३ वटा समुहमध्ये ५ वटा समुहको शेयर मूल्य घटेको छ भने ८ वटा समुहको शेयर मूल्य बढेको छ ।