GBIME

सडक दुर्घटनामा परेर पत्रकार विनय यादवको निधन

906
shares

जनकपुरधाम । धनुषाको त्रिनेत्र न्यूज नेटवर्कद्धारा सँचालित ई–न्यूज ब्यूरो डट कमका कार्यकारी सम्पादक पत्रकार विनय कुमार यादवको सडक दुर्घटनामा परेर निधन भएको छ । गएराती करिब १ बजेको समयमा जनकपुर–ढल्केवर सडकखण्डमा उनले आफैँ चलाएको मोटरसाईकल दुर्घटनामा परि निधन भएको हो ।

ढल्केवरबाट धारापानीतर्फ जाँदै गरेको अवस्थामा उनको दुर्घटना भएको बताईएको छ। मोटरसाईकलको पछाडी सवार एक जनाको अवस्था गम्भिर रहेको छ । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको प्रहरीले जनाएको छ ।

गत बर्ष मात्र विवाह गरेका पत्रकार यादव गत बैशाख ४ गते मात्र जन्मदिन मनाएका थिए । गएराती ढल्केवरबाट साथीसँगलाई भेटेर घरतर्फ फर्किदैँ गर्दा मोटरसाईकल अनियन्त्रित भएर पोलमा ठोक्किन जाँदा मृत्यू भएको प्रहरीले जनाएको छ ।

दुई भाई रहेका यादवको जेठो दाजु केही महिना अगाडी मात्र वैदेशिक रोजगारमा गएका थिए । उनको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । दुर्घटना परेर ज्यान गुमाएका पत्रकार यादवको निधनले मधेशको पत्रकारिता क्षेत्रमा अपुरणीया क्षति भएको भन्दै विभिन्न संचार माध्यमले शोक व्यक्त गरेका छन ।