Dhulikhel Eco Banner new

शहिदनगर नगरपालिकाको सम्पत्ति तोडफोड अभियोगमा वडाअध्यक्ष माथि आपराधिक उपद्रव मुद्दा चलाइयो

3.94K
shares

काठमाडा,ैं १३ वैशाख धनुषाको शहिदनगर नगरपालिकाको सम्पत्ति तोडफोडमा संलग्न रहेको आभियोगमा ६ नम्बर वडाका वडाअध्यक्षसहित छ जनामाथि आपराधिक उपद्रव मुद्दा चलाइएको छ।

प्रहरीले बुधबार वडाअध्यक्ष उमेश कुमार निराला सहित तोडफोडमा संलग्न अन्य ६ जनामाथि आपराधिक उपद्रव मुद्दा दर्ता गरेको हो । सो मुद्दा उपर जिल्ला अदालत धनुषाबाट ५ दिनको म्याद थप भई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

गत सोमबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न वडाअध्यक्ष निरालाले आफ्ना समर्थकसहित नगर परिसर पुगेका थिए । निरालाकै नेतृत्वमा तालाबन्दी गर्न पुगेका सो समूहले नगरपालिकामा तोडफोड गर्न थालेपछि उनिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सो क्रममा उनीहरूले मेयर चढ्ने गाडीसमेत तोडफोड गरेका थिए । नगरपालिकाका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवलाई जिम्मेवारीबाट हटाउनु पर्ने माग राख्दै कार्यालयमा ढुङ्गामुङ्गा गर्दा सुरक्षार्थ खटिएका दुई प्रहरी सामान्य घाइते भएका थिए ।

वडाअध्यक्ष निराला दोषी ठहर भएमा आपराधिक उपद्रव गरेको कारणले कसैलाई कुनै हानी, नोक्सानी भएमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ मा आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरको व्यवस्था छ । दफा ३ मा भनिएको छ, ङ खण्ड क, ख, ग वा घ मा लेखिए बाहेक अरु कुनै काम गरी आपराधिक उपद्रव गरेको कारणले कसैलाई कुनै हानि, नोक्सानी भएमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनसक्छ ।