६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
वि.सं.२०८१ जेठ १६ बुधवार १२:३७
shares

काठमाडौं, १६ जेठ । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।
मंगलबार सुन प्रतितोला एक लाख ३७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
बुधबारका लागि भने सुनको भाउ ६ सय रुपैयाँले बढेर आज तोलाको १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ३० रुपैयाँ कायम भएको छ ।

















