Dhulikhel Eco Banner new

बजेटमाथिको छलफल आजदेखि शुरु

4.16K
shares

काठमाडौं, २० जेठ ।  सरकारले गएको जेठ १५ गते संघीय संसदको संयुक्त सभामा प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष  २०८१/०८२  को बजेटमाथि आजदेखि छलफल शुरु हुँदैछ ।

सभामुख देवराज घिमिरेले छलफलका लागि प्रतिनिधिसभाको बैठकका लागि बिहान ११ बजे बोलाएका छन् । त्यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि तय भएको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार बजेटसँगै दुबै सभामा सरकारबाट विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दर्ता भई छलफल शुरु हुनेछ । आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभा र राष्ट्रिय सभामा  आइतबार, सोमबार र मंगलबार छलफल हुनेछ ।

प्रतिनिधिसभामा जेठ २३ अर्थात् आउँदो बुधवार अर्थमन्त्रीले छलफलबाट उठेका विषयमा जवाफ दिनेछन् । त्यसअघि पर्सि जेठ २२ मा अर्थमन्त्रीले राष्ट्रिय सभामा जवाफ दिनेछन् । सरकारले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । साउन १ मा नयाँ आर्थिक वर्षसँगै नयाँ बजेट कार्यान्वयन हुनेछ ।