Dhulikhel Eco Banner new

घट्यो सुनको मुल्य

4.54K
shares

काठमाडौं, २० जेठ । स्थानीय बजारमा आइतबार पहेँलो धातुको मूल्य तोलामा २ सय रूपैयाँ घटेको  छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज ओरालो लागेको हो ।

शुक्रबार प्रतितोला एक हजार सात सय रूपैयाँले बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आइतबार प्रतितोला २ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार भने तोलामा सामान्य घटेर १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको हो ।