Dhulikhel Eco Banner new

नेप्से परिसूचकमा सामान्य गिरावट

3.6K
shares

काठमाडौं, ३१ जेठ । बिहिबार शेयर बजार परिसूचक नेप्से पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ३२ अंकले घटेर २ हजार १ सय १२ दशमलव २९ विन्दुमा पुगेको हो ।आज विकास बैंक र फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

आज मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन समृद्धि फाइनान्स, कुथेली बुखारी हाइड्रोपावर र साधना लघुवित्त कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

आज बजार घटे पनि कारोबार रकम भने बढेर झन्डै पाँच महिनायताकै उच्च भएको छ । आज तीन सय १३ वटा कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर ६ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ ।

यसअघि गएको माघ ७ गते ७ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको थियो । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।