Dhulikhel Eco Banner new

सबै फोहोर महानगरपालिका र बालेन शाहको घरको अगाडि थुपारौं : सांसद सिंह 

4.69K
shares

काठमाडौं, ५ असार । बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै काठमाडौं महानगरपालिका र महानगरपालिकाका मेयर बालेन शाहले दुःख दिएको भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कबाड व्यवसायीहरूलाई सबै फोहोर महानगरपालिका र बालेन शाहको घरको अगाडि थुपारौं, त्यसको लागि हामी साथमा छौं,’भनेका छन् ।

‘उनले भने बालेन जी, यहीँको मेयरले सिकाएको छ, यदि काम भएन भने त्यहाँ नै फोहोर थुपार्ने । म यही संसद्‌मार्फत तमाम कबाड व्यवसायीहरूलाई आग्रह गर्न चाहन्छु, महानगरका मेयरकै शैलीमा सबै कबाडी र फोहोर बालेन शाहको घर अगाडि थुपारौं ।  महानगरका मेयर शाहले नै यस्तो  ‘टिट फर ट्याट सिकाएको हो,’ अमरेशकुमार सिंहले भने ।

महानगरका मेयर शाहलाई उनले पपुलिजमको समेत संज्ञा दिएका छन् ।‘ उनले भने आज पपुलिजमको अवस्थामा हामी ताली बजाइरहेका छौं’ । ‘बालेनले नेपाललाई जर्मनी बनाउन खोजेको विभेदमा चल्न खोजेको हो । पपुलिजमको आडमा न्याय समाप्त गर्न खोजेको हो ।’ नेपाल न्यायको भूमि रहेको र हाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अभ्यासमा रहेको उल्लेख गर्दै उनले थपे, ‘गणतन्त्रमा एउटा गरिब, निर्धाले पनि कानुनी राज्यको महसुस गर्न पाउनुपर्छ ।

’यसका सम्बन्धमा सरकारलाई जवाफ दिन लगाउने गरी रुलिङ गर्न सभामुखसँग माग गरे । उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जवाफ दिनुपर्ने माग गरे ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विभेद अन्त्यका लागि जनयुद्ध लडेर आएको, एमाले विभेद अनत्य गर्नका लागि आएको उल्लेख गर्दै उनले ‘के यही सरकारमा यही विभेद जारी रहन्छ ?’

उनले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरे, ‘के तपाईंको देशमा तपाईंले नेतृत्व गरिहेको अवस्थामा गरिब बस्न नहुने ?

गरिबहरू बेरोजगार भएर विदेश गइरहेको सिंहले बताए । ‘जो यो देशमा रोजगारी गर्न चाहन्छ, त्यसले लठ्ठी खानुपर्ने ? टाउको फुटाउनुपर्ने ?’ उनले भने, ‘अन्यायले न्याय पाउनुपर्छ । कबाड व्यवसायीको आन्दोलनमा हामी साथमा छौं । केही भयो भने सम्पूर्ण सांसद त्यही गएर उभिन्छौं । जसलाई लठ्ठी चलाउनु छ चलाओस्, गोली हान्नु छ हानोस् ।’

कबाड व्यवसायीहरूले निर्वाध व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै मंगलबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले दमन गरेको भन्दै उनले विरोध पनि गरेका छन् ।