Dhulikhel Eco Banner new

एसईईमा सबैभन्दा बढी गणित र विज्ञान विषयमा विद्यार्थी फेल

5.21K
shares

काठमाडौं, १३ असार । माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजामा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजा अनुसार यो वर्ष पनि गणित विषयमा सबैभन्दा बढी विद्यार्थी फेल ( एनजी) भएका हुन्। बोर्डको तथ्याङ्क अनुसार एक लाख लाख ७७ हजार ९८५ विद्यार्थीको गणित विषयमा एनजी भएका छन्।

त्यसपछि भने विज्ञान विषयमा सबैभन्दा बढी विद्यार्थी फेल भएका छन्। बोर्डको तथ्याङ्क अनुसार १ लाख २६ हजार ९३३ विद्यार्थी साइन्समा फेल भएका छन्।

त्यस्तै १ लाख १ हजार ३८३ विद्यार्थी अंग्रेजी विषयमा फेल भएका छन्। सोसल स्टडी ९सामाजिक अध्ययन० ७३ हजार ८७७ विद्यार्थी फेल भएका छन् भने अर्थशास्त्रमा ६९ हजार ४१६ विद्यार्थी फेल भएका छन्।