Dhulikhel Eco Banner new

तोलामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य

4.42K
shares

काठमाडौं, ४ साउन । स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार तोलामा १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार घटेर तोलामा १ लाख ४७ हजार ५ सय रुपैयाँ कायम भएको हो । तेजाबी सुन तोलामा १ लाख ४६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार घटेर १ हजार ८३० रुपैयाँमा कारोबार भएको हो ।