Dhulikhel Eco Banner new

सडकमै टेबुलकुर्सी राखेर काम गर्न थाले वडाध्यक्ष चिनकाजी महर्जन

5.21K
shares

काठमाडौं, ६ साउन । काठमाडौं महानगरपालिकाको वडानम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले सडकमा टेबुलकुर्सी राखेर वडाको काम सुरु गरेका छन् ।

महानगरपालिकाले फुटपाथ विस्तार गर्न सडक खन्न थालेपछि त्यसको विरोधमा उत्रिएका वडाका जनप्रतिनिधिहरुले सडकमै पाल टाँगेर कामकाज गरेका हुन् ।

महानगरले न्यूरोडमा सडक साघुँरो बनाएर फुटपाथ विस्तार सुरु गरेको भन्दै वडाध्यक्ष महर्जनसहित स्थानीय विरोधमा उत्रिएका छन् । गत बुधबारदेखि फुटपाथ विस्तारको काम सुरु भएतापनि शुक्रबारदेखि भने स्थानीयले काममा अवरोध पुयाएका छन् ।

काठमाडौं महानगरपालिकाले बजेटमै राखेको न्यूरोड फुटपाथ विस्तारमा २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जन सहित स्थानीयले विरोध गर्दा काम अगाडि बढ्न सकेको छैन ।