थप ४१६ जना डेंगु संक्रमित
वि.सं.२०८१ भदौ २ आइतवार ११:१५
3.3K
shares
shares

काठमाडौं, २ भदौ । नेपालमा थप ४१६ जना डेंगु संक्रमित थपिएका छन् । देशभर ४१६ जना थपिएसँगै संक्रमितको संख्या ३ हजार ७५५ पुगेको हो ।
साउन २८ मा संख्या ३ हजार ३३९ पुगेको थियो । सो अवाधिमा २ जना डेंगु संक्रमितको मृत्यु भइसकेको छ ।
७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । तनहुँमा सबैभन्दा बढी ७१५ जनामा डेंगु संक्रमित देखिएको छ ।

















