Dhulikhel Eco Banner new

नेपाल नेशनल अस्पतालको फोहर संकलनमा रोक

3.54K
shares

काठमाडौं, १० भदौ । कलंकीका सञ्चालित नेपाल नेशनल अस्पतालको फोहर संकलनमा रोक लगाइएको छ । गत वर्षभन्दा जोखिमपूर्ण फोहर व्यवस्थापन अझ खराब देखिएपछि संकलनमा रोक लगाइएको हो ।

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सोमबारदेखि सुरु गरेको अनुगमनका क्रममा उत्पादित फोहरको व्यवस्थापनमा चरम लापरबाही देखिएपछि रोक लगाइएको हो ।

‘उक्त अस्पतालका वार्डहरुबाट उत्पादन भएको फोहर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ । टहरामा ४ वटा कोठा छन् । तीमध्येको पहिलो कोठामा सिरिञ्ज र बोतलहरू छरपस्ट थिए । दोस्रो कोठाको कुनामा कालो प्लास्टिकमा पोको बाँधेर फोहोर राखिएको थियो भने तेस्रो कोठामा धेरै फोहरका पोका थिए,’ महानगरले भनेको छ ।

यस्तै अनुगमनका क्रममा वातावरण निरीक्षक सृष्टि श्रेष्ठले अस्पतालले संक्रमित फोहर व्यवस्थापनमा चरम लापरबाही गरेको प्रतिक्रिया दिइन् ।