‘कुनै पनि हालतमा लक्ष्यअनुसार राजस्व उठाउनुपर्छ’
वि.सं.२०८१ भदौ १२ बुधवार १४:५२
shares

काठमाडौं, १२ भदौ । गृहमन्त्री रमेश लेखकले कुनै पनि हालतमा लक्ष्यअनुसार राजस्व उठाउने बताएका छन् । अर्थमन्त्रालयमा बुधबार बिहान बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा उनले उक्त कुरा बताएका हुन् ।
‘राजस्व लक्ष्यअनुसार उठिरहेको छैन । लक्ष्यअनुसार राजस्व उठाउने विषयमा गृहमन्त्रालयबाट अर्थमन्त्रालयले राखेको अपेक्षा अनुसार गृहमन्त्रालयले काम गर्छ,’ उनले भने,‘त्यसका लागि मैले मेरो मन्त्रालयका वरिष्ठ अधिकृत, नेपाल प्रहरी र सशस्त्र प्रहरी दल नेपालका महानिरीक्षकज्यूहरुसँग छलफल गरेर राजश्व कुनै हालतले पनि बढाउनुपर्छ । प्रत्यक महिनामा मलाई प्रगति विवरण दिनुहोला भनेको छु । यसमा हाम्रो पूर्ण रूपमा काम गर्ने बचनबद्धता छ ।’
राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सारहरू सञ्चालनमा ल्याउनुपर्नेमा गृहमन्त्री लेखकले बताएको उनको सचिवालय बनाएको छ । ‘भन्सार एकदक कम भए । मान्छेलाई पहिला भन्सार तिर्नका लागि उत्प्रेरित गर्नुपर्यो । त्यसपछि चोरी पैठारी नियन्त्रण गर्नुपर्यो । सशस्त्र द्वन्द्वको बेलामा हामीले साना भन्सारहरु ठूला भन्सारमा मिलायौं । तीनलाई यथास्थानमा स्थापित गरिदिऔं,’ उनले भने ।
जग्गा र भवन भएका छोटी भन्सार सञ्चालनमा ल्याउने विषयमा आजै निर्णय गरी जनशक्ति पठाउन गाह्रो नभएको गृहमन्त्री लेखकले बताउनुभयो । ‘भन्सारको जनशक्ति कम छ भने बढी जनशक्ति भएको ठाउँबाट ताने भैहाल्छ । यसमा मैले सहयोग गर्छु । भारततिर भन्सार छैन भनेर नेपालमा छोटी भन्सार सञ्चालन गर्न नरोकौं । छोटी भन्सार हुँदा राजस्वमा वृद्धि हुन्छ भन्ने मलाई लागेको छ,’ उनले भने ।

















