यी हुन टप टर्नओभर भएका टप ५ कम्पनी
वि.सं.२०८१ भदौ १२ बुधवार १६:४४
shares

काठमाडौं, १२ भदौ । बुधबार शेयर बजार ३.८० अंकले बढेर २,७८६ को विन्दुमा कायम भएको छ । यसदिन ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको शेयर मूल्य घटेको र ४ कम्पनीको स्थिर रहेको छ ।
यसदिन सबैभन्दा धेरै चन्द्रागिरी हिल्सको शेयर कारोबार भएको छ । उक्त कम्पनीको ४३ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रो नम्बरमा नेपाल फाइनान्सको ४१ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ३८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, अपी पावरः ३३ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरले ३२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

















