Dhulikhel Eco Banner new

शेयर बजारमा भारी गिरावट

2.44K
shares

काठमाडौं, ३० भदौ । साताको कारोबारको पहिलो दिन शेयर बजारमा भारी गिरावट आएको छ । नेप्से ५०.७३ अंकले घटेर दुई हजार ६ सय ३७ दशमलव ७९ विन्दुमा बन्द भएको हो । यसदिन शेयर बजार नेप्से परिसूचक ५० दशमलव ७३ अंकले घटेर २,६३७ को विन्दुमा कायम भएको छ ।

आज २४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २१९ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन सबैभन्दा धेरै सीएचडीसीको कारोबार भएको छ । यसदिन यस कम्पनकिो ६४ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

एनआरएनको ३५ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २८ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । रिभर फल्स पावर लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

यसका साथै स्टर्न हाइड्रोपावर लिमिटेडको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । थ्रीस्टार हाइड्रोपावरे लिमिटेडको शेयरमूल्य भने घटेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ६४ करोड ३८ हजार बराबरको कारोबार भएको छ ।