हिमालबाट ३३ हजार केजीभन्दा बढी फोहोर संकलन
वि.सं.२०७९ जेठ २४ मंगलवार ११:१७
shares

काठमाडौं, २४ जेठ । नेपाली सेनाको नेतृत्वमा ‘सफा हिमाल अभियान २०२२’ ले ३३ हजार ८ सय केजीभन्दा बढी फोहोर संकलन गरेको छ ।
अभियानबाट ७ हजार २२७ केजी कुहिने र २६ हजार ६५० केजी नकुहिने फोहोर संकलन भएको जनाएको छ । उक्त फोहोरलाई पहिचान गरे पछी वर्गीकरण, प्रशोधन, र पुनः प्रयोगको लागि रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिने अभियानले जनाएको छ ।

फोहोर सगरमाथा, ल्होत्से, कञ्चनजंघा, र मनास्लु गरि चार हिमालबाट संकलन गरिएकोे थियो ।
अभियानको तेस्रो संस्करण अन्तर्गत रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सञ्चालन भएको थियो । जसमा कोका–कोला फाउन्डेसनको साझेदारी रहेको थियो ।
















