Dhulikhel Eco Banner new

उच्च अंकले गिरावट आएको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

3.48K
shares

काठमाडौं, १० असोज । बिहीबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । शेयर बजार ३२.८१ अंकले घटेर २,४८६ को विन्दुमा कायम भएको छ ।

यसदिन ३९ कम्पनीको शेयर मूल्य बढेको छ र २०१ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ४अर्ब ८४ करोडको कारोबार भएको हो । अधिकांश कम्पनीको घट्दा पनि वीन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएको छ । उक्त कम्पनीको यसदिन ९.८५ सर्वाधिक कमाएका छन् ।

बोटलर्स नेपाल बालाजु लिमिटेडका लगानीकर्ताले ५.०६ सर्वाधिक कमाएका छन् भने एस बि एल ऋणपत्रका लगानीकर्ताले ५.०५ सर्वाधिक कमाएका छन् । यसदिन एनआईसी एशिया ऋणपत्रका लगानीकर्ताले ४.५६ सर्वाधिक कमाएका छन् । साथै एनएमबि ऋणपत्रका लगानीकर्ताले ४.०३ सर्वाधिक कमाएका छन् ।