Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

3.5K
shares

काठमाडौं, १४ असोज । सोमबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४४.४५ अंकले बढेर २,५०८ बिन्दुमा कायम भएको छ ।

यसदिन २१० कम्पनीको शेयर मूल्य बढेको छ र ३३ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन कारोबार रकम खुम्चिएर ३ अर्ब ७१ करोडको कारोबार भएको हो ।

आज सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको यसदिन १० प्रतिशतका दरले बढेको छ ।

कुमारी सबल योजनाका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् भने यूनाइटेड मोदी हाइड्रोका लगानीकर्ताले ९.५८ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् ।

यसदिन सर्वोत्तम सिमेन्टका लगानीकर्ताले ९.४७ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् । साथै सोनापुर मिनरल्स एण्ड आयलका लगानीकर्ताले ९.११ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् ।