नेक्सजेन म्यानेजमेन्टले लाभांश सहित साधारण सभा बोलायो
वि.सं.२०८१ असोज १४ सोमवार १६:२२
shares

काठमाडौं, १४ असोज । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले यहि असोज १९ गते साधारण सभा आह्वान गरेको छ। काठमाडौंको होटल यलो पगोडामा हुन गइरहेको सातौ वार्षिक साधारण सभामा कम्पनीले अनियमितको साथै विशेष प्रस्ताव पास गर्ने भएको हो ।
पूर्व बैंकरहरुले सात बर्ष अगाडि सम्पति ब्यवस्थापन र सल्लाहका सेवा दिने गरि यो कम्पनि स्थापना गरेका थिए । तर विविध कारणले २०८१ बैशाख एक गतेबाट मात्र कम्पनिले नियमित कारोबार सञ्चालन गरेको थियो । कम्पनीको शुरु संस्थापकमा बिएन घर्ती, बलराम बिष्ट, रमेश कुमार भट्टराई, श्रीचन्द्र भट्ट, सुरेश सापकोटा, बिनय उपाध्याय र कमल पन्थि थिए।
कम्पनीले हालै प्रकाशित गरेको सुचना अनुसार आउने साधारण सभामा आ.व.२०८०/८१ को वित्तीय बिबरण पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने र नया सञ्चालक समितिको मनोनयन गर्ने साधारण प्रस्ताव राखेको छ।
त्यसै गरि विशेष प्रस्ताव अन्तर्गत नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटि सोलुसन्स प्रा.लि रहने गरि कम्पनीको नाम परिवर्तन गर्ने,सोही बमोजिम उद्देश्य र गर्ने काम संशोधन गर्ने, जारी र चुक्ता पुजि वृद्धि गर्ने तथा समान प्रकृतिको कम्पनी सँग मर्जर एक्विजिसन गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा राखेको छ।
कम्पनीले कारोबार प्रारम्भ गरे पछि साना ठुला उद्योगपति व्यवसायिक कम्पनि प्रति आकर्षण बढेको थियो। लगानी सम्मेलनमा कोरियन कम्पनिले विदेशी लगानी ल्याउन नेक्सजेन सँग सम्झौता पनि गरेको थियो।
यसरी कम्पनी सञ्चालनको तीन महिनामा पाँच प्रतिशत लाभांश दिन सफल भए पछि नेक्सजेन म्यानेजमेन्टले कारोबार बिस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
कम्पनीले छिट्टै नियमक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट, प्राइभेट ईक्विटि र भेन्चर क्यापिटल सम्बन्धि कामहरु, सल्लाहकार सेवा र सिमित मात्रामा केही संस्थाको सम्पति ब्यवस्थापन सम्बन्धि काम पनि गर्ने कार्यक्रम बनाएको कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईले जानकारी दिएका छन।

















