सुनचाँदीको मूल्यमा वृद्धि, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ मंसिर २० बिहीवार १०:३४
3.39K
shares
shares

काठमाडौं, २० मंसिर । स्थानीय बजारमा बिहिबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलामा १ लाख ५० हजार ४ सयमा कारोबार भएको सुनको मूल्य बिहिबार ३ सयले बढेर तोलामा १ लाख ५० हजार ७ सय रुपैयाँमा कायम भएको हो ।
त्यस्तै, बिहिबार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । बुधबार तोलामा १ हजार ८६५रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहिबार बढेर १ हजार ८८० रुपैयाँमा कायम भएको छ ।














