शाइन रेसङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल
वि.सं.२०८१ पुस २१ आइतवार १२:२८
shares

काठमाडौं, २१ पुस । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । बैंकको शुक्रबार बसेको १६ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
साधारण सभापश्चात बसेको बैंकको सञ्चालक समितिले निर्वाचित भएका मध्येबाट थानेश्वर पौडेललाई समितिको अध्यक्ष चयन गरेको हो ।
निर्विरोध निर्वाचित हुनेमा थानेश्वर पौडेल,सुरज उप्रेती,विरेन्द्र भुसाल,विरेन्द्र विष्ट,नम्रता भण्डारी र हिमाल भट्टराई रहेका छन् ।उप्रेती,विरेन्द्र भुसाल संस्थापक शेयरधनीका तर्फबाट र विरेन्द्र विष्ट,नम्रता भण्डारी र हिमाल भट्टराई सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित भएका हुन् ।
साथै सभाले ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।


















