Dhulikhel Eco Banner new

नेपाल मुद्रा विप्रेषक संघको १९औं वार्षिक साधारण सभा सम्पन्न, रितेश मित्तलको नेतृत्वमा नया कार्य समिति चयन

2.87K
shares

काठमाडौं, २२ पुस । नेपाल मुद्रा विप्रेषक संघको १९औं वार्षिक साधारण सभा बिहीबार शंकर होटेल काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन कार्यसमिति सदस्य संजिव पाठकले गरेका थिए ।

संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक रहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामुहिक प्रयत्न गनुपर्नेमा जोड दिए । आफ्नो कार्यकालमा आफु र आफ्नो कार्यसमितिलाइ पूर्णत सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दे अध्यक्ष टण्डनलेले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरिएको बताए ।

संघको सम्पन्न १९औं वार्षिक साधारण सभाले नयाँ नेतृत्वमा रितेश मित्तल (नेपाल रेमिट ईन्टरनेशनल प्रा. लि.) लाई सर्वसम्मत रुपमा अध्यक्ष पद मा मनोनित गरेको छ भने उपाध्यक्षमा सञ्जय सिग्देल (सूर्य रेमिट प्रा. लि.) , महासचिवमा दिवाकर पौडेल ( आइर्.एम.ई लिमिटेड) , कोषाध्यक्षमा संजिव कुमार पाठक (ए.टि टि. रेमिट प्रा. लि.) सचिवमा रामेश्वर सापकोटा ( प्रभू मनिट्रान्स्फर प्रा. लि.) कार्यसमिति सदस्यहरुमा विमल महत ( सिद्धार्थ बैंक लि.) श्याम प्रसाद लामिछाने (ग्लोबल आईएमई बैंक लि.) मधुसुदन न्यौपाने ( प्रभू बैंक लि.) र सुदन सिं सिलवाल ( युनाईटेड रेमिट प्रा. लि.) सर्वसम्मत रुपमा चयन भएका हुन् । संघको विधानत अध्यक्षबाट मनोनित हुने सदस्यहरुमध्ये १ जनालाई आगामि कार्यसमिति बैठकमा छलफल गरी मनोनित गर्ने गरी निर्णय गरिएको जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दे नव निर्वाचित अध्यक्ष रितेश मित्तलले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दै लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिबद्धता व्यक्त गरे । सोही क्रममा उनले रेमिट्यान्स व्यबसायलाई अझ व्यवस्थित र प्रविधिमैत्रि बनाउन आफू लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

नेपाल मुद्रा विप्रेषक संघले संघको १९औं वार्षिक साधारण सभाको अवसर पारेर हालसम्म यस संघको पदाधिकारीमा रही काम गरेका पूर्व पदाधिकारीहरुलाई पनि सम्मान गरिएको जनाएको छ ।