शेयर बजारमा सामान्य अंकले वृद्धि, बढ्यो कारोबार रकम
वि.सं.२०८१ माघ २ बुधवार १५:०४
shares

काठमाडौं, २ माघ । बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार १.८३ अंकले बढेर २,५९५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ५ अर्ब ८२ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा दोल्टी पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।



















