Dhulikhel Eco Banner new

झिनो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.03K
shares

काठमाडौं, २ माघ । बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार १.८३ अंकले बढेर २,५९५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ५ अर्ब ८२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा दोल्टी पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ९.८१ प्रतिशतका दरले कमाएका छन् भने बाराही हाइड्रोपावरका लगानीकर्ताले ८.३० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले ८.१९ प्रतिशतका दरले कमाएका छन् भने खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ८.९२ प्रतिशतका दरले कमाएका छन् ।