Dhulikhel Eco Banner new

छ महिनामा ९ करोड ८५ लाखको अचार निर्यात

2.95K
shares

काठमाडौं, १९ माघ । चालु आर्थिक वर्षको ६ महिनामा करिब १० करोड बराबरको अचार निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८१ पुस मसान्तसम्ममा ९ करोड ८५ लाख ८१ हजार बराबरको अचार निर्यात भएको हो ।

यस अवधिमा सो मूल्य बराबरको १ लाख १३ हजार ३३७ किलो अचार निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । गत वर्षको तुलनामा अचार ३ करोडभन्दा बढीले निर्यात बढेको हो । गत वर्षको यसै अवधिमा ६ करोड ७० लाख ९५ हजार रुपैयाँको ८५ हजार २६५ किलो अचार निर्यात भएको थियो ।

चालु वर्षमा १० वटा मुलुकमा अचार निर्यात भएको छ । जसमध्ये ३ करोड ७ लाख ७३ हजार रुपैयाँको ३६३२८ किलो अचार अष्ट्रेलियमा निर्यात भएको छ ।

यसैगरी २ करोड ५ लाख १६ हजार रुपैयाँको अमेरिकामा,१ करोड ६४ लाख ४० रुपैयाँको इटालीमा निर्यात भएको छ । यसैगरी ७६ लाख ९८ हजार रुपैयाँको दक्षिण कोरिया,६९ लाख ४६ हजार रुपैयाँको जापान ६४ लाख ८६ हजार रुपैयाँको बेल्जियम, ४० लाख ८८ हजार रुपैयाँको क्यानडा २० लाख ८ हजार रुपैयाँको वेलायत, १९ लाख २९ हजारको मलेसिया १६ लाख ९६ हजार रुपैयाँको डेनमार्कमा निर्यात भएको छ ।