‘ग्लोबल आइएमईमाथिको प्रहार गलत, उच्छृंखल गतिविधिमा नलागेको राम्रो’
वि.सं.२०८१ माघ २४ बिहीवार १४:४८
shares

काठमाडौं, २४ माघ । नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले ग्लोबल आइएमई बैंकमाथि भइरहेको प्रहार गलत भएको बताएका छन् । पछिल्लो समय पाथिभरा केवलकारको विषयलाई लिएर ग्लोबल आइएमई बैंकमाथि प्रहार भइरहेको छ ।
ग्लोबल आइएमई बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्था भएको भन्दै उच्छृंखल गतिविधिमा नलाग्न कार्यकारी निर्देशक पौडेलले अनुरोध समेत गरेका छन् । उनले फेसवुकमा लेखेका छन्, ‘पाथिभरा केवलकारको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्था ग्लोबल आइएमई बैंकमाथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा लागेर उच्छृंखल गतिविधिमा नलागौँ ।’















