दोहोरो अकंले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ माघ २७ आइतवार १५:१६
shares

काठमाडौं, २७ माघ । आइतवार शेयर बजार दोहोरो अकंले घटेको छ । शेयर बजार ११.४९ अंकले घटेर २,६८८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ६८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ३९ करोडको कारोबार भएको हो ।
दोहोरो अकंले घटेको शेयर बजारमा सेन्टल फाइनान्स र गार्डीयन माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन उपकार लघुवित्तका लगानीकर्ताले ६.०६ प्रतिशतका दरले कमाएका छन् भने इन्फीनिटी लघुवित्तका लगानीकर्ताले ६.०२ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी अपर लोहोरे हाइड्रोपावरका लगानकिर्ताले ५.२७ प्रतिशतका दरले कमाएका छन् ।

















