नेपालको भ्रष्टाचार अवधारणा सूचकांकमा घटेर १०७औँ स्थानमा, सुधारको संकेत छैन
वि.सं.२०८१ माघ २९ मंगलवार १२:३९
shares

काठमाडौं, २९ माघ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालको स्थान घटेर १०७औँ पुगेको छ।
गत वर्ष नेपाल ३५ अंक सहित १०८औँ स्थानमा थियो । यसपाली ३४ अंक सहित १०७औँ स्थानमा छ । गत वर्ष नेपालभन्दा राम्रो अवस्था भएका केही मुलुकहरुको अवस्था खस्किएकाले वरीयताक्रममा मात्रै नेपाल एक स्थानमा अगाडी भएको हो ।
नेपालका भ्रष्टाचारसम्बन्धी क्षेत्रहरू आयातनिर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा, र न्यायिक निर्णयमा गिरावट आएको देखिन्छ। ५० अंकभन्दा कम ल्याउने मुलुकलाई भ्रष्टाचार व्याप्त मानिन्छ । नेपालमा यसको स्थिति सुधारोन्मुख छैन।

















