Dhulikhel Eco Banner new

एभरेष्ट बैंकको फिदिम, पाँचथरमा १३०औँ र फुङ्लिङ्ग, ताप्लेजुङमा १३१औँ शाखाको औपचारिक उद्धघाटन

3.41K
shares

काठमाडौं, ११ फागुन । एभरेष्ट बैंकले आफ्नो १३०औँ शाखा फिदिम, पाँचथर र १३१औँ शाखा फुङ्लिङ्ग, ताप्लेजुङमा उद्घाटन गरेको छ। बैंकले कोशी प्रदेशका पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई सहज, दिगो, र आधुनिक बैंकिङ्ग सेवाहरू उपलब्ध गराउने उद्देश्यले ८ र ९ फागुनमा यी दुई शाखाहरूको उद्घाटन गरेको हो।

बैंकका अनुसार फिदिम र फुङ्लिङ्ग शाखा खुल्ला भएपछि, अब स्थानीय बासिन्दा बैंकिङ्ग सेवाहरूको पहुँचमा रहनेछन्। एभरेष्ट बैंकका तर्फबाट सञ्चालक किरण कृष्ण श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र कोशी प्रदेशका प्रमुख सुधीर गौतम लगायतको प्रमुख उपस्थितिमा उद्धघाटन समारोह सम्पन्न भएको छ।

समारोहमा फिदिम शाखामा फिदिम नगरपालिकाका प्रमुख श्री मित्र प्रसाद काफ्ले र फुङ्लिङ्ग शाखामा फुङ्लिङ्ग नगरपालिकाका प्रमुख श्री अमिर मादेनको समेत उपस्थिति थियो। साथै, नेपाल सरकार र स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरू, र स्थानीय बासिन्दाले यस अवसरमा उत्साहजनक भाग लिए।

यो शाखा सञ्चालनमा ल्याउनेसँगै एभरेष्ट बैंकले स्थानीय समुदायलाई उच्चस्तरीय र प्रविधि आधारित बैंकिङ्ग सेवाहरू उपलब्ध गराउने उद्देश्य राखेको छ। यसले समग्र आर्थिक गतिविधिमा योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।

आगामी दिनमा, बैंकले अन्य थुप्रै क्षेत्रहरूमा शाखा विस्तार गर्ने योजना बनाएको छ, ताकि वित्तीय पहुँच नपुगेका स्थानहरूमा पनि बैंकिङ्ग सेवाहरू पुर्याउन सकियोस्।