Dhulikhel Eco Banner new

एलजीको नि: शुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प: गर्मीको मौसमलाई सहज बनाउदै

4.08K
shares

काठमाडौं, २० फागुन । गर्मी मौसमको तयारीलाई ध्यानमा राख्दै, एलजी इलेक्ट्रोनिक्सले नि: शुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प योजना सुरु गरेको छ। यस योजना अन्तर्गत, एलजीले नेपालभरका ग्राहकहरूलाई २० गते फागुनदेखि सिमित समयको लागि विभिन्न आकर्षक सेवाहरू प्रदान गर्दै, आफ्नो पुरानो ए.सी. साटेर नयाँ उच्च गुणस्तरिय ए.सी. प्राप्त गर्नका लागि सुनौलो अवसर दिएको हो।

कम्पनीका अनुसार एलजीको यस विशेष योजनामा ग्राहकहरूले कुनै पनि ब्रान्डको ए.सी.को निस्शुल्क सर्भिसिङको सुविधा प्राप्त गर्नेछन्। थप रूपमा, यदि उनीहरू आफ्नो पुरानो ए.सी. साट्न चाहन्छन् भने, एलजीले पुरानो ए.सी.को मूल्यांकनमा ५० प्रतिशतसम्मको थप मूल्य दिँदै, नयाँ एलजी ए.सी.को साथ साट्नको लागि अवसर दिनेछ। ग्राहकहरूलाई आफ्नो पुरानो ए.सी.को मूल्याङ्कन www.cgelex.com/exchange मा गई स्वतस् गर्न सक्ने सुविधा पनि दिइएको छ।

यसका अतिरिक्त, ग्राहकहरूले टोल फ्री नम्बर १६६-००-१००-२११ अथवा ०१-५९७०२११ मा सम्पर्क गरेर अथवा एलजीको सामाजिक सञ्जाल पेजमार्फत आफ्नो विवरण रजिस्टर गर्नु पर्नेछ। रजिस्टर पछि एलजीका प्राविधिकहरूले ग्राहकहरूको घरमै गएर सेवा प्रदान गर्ने जनाएको छ।

कम्पनीका अनुसार ए.सी.को रिपेयर गर्दा स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट दिइने छ, साथै नयाँ एलजी ए.सी. खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट पनि उपलब्ध हुनेछ। ग्राहकहरूले नयाँ ए.सी.मा ४ हजार बराबरको निस्शुल्क इन्स्टलेशनको पनि सुविधा पाउनेछन्। एक्सचेन्ज क्याम्पमा सहभागी हुने ग्राहकहरूले २ वटा निःशुल्क सेवा कुपन पाउनेछन्, जसको मूल्य ३ हजार सम्म हुने कम्पनीले जनाउको छ।