Dhulikhel Eco Banner new

बिहिवारदेखि क्रेष्ट माइक्रो लाइफको आईपीओमा आवेदन दिन सकिने

2.04K
shares

काठमाडौं, २२ फागुन । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बिहिवार देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोडको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख  बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारी र १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ।

अब कम्पनीले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि बिहिवार देखि निष्कासन लागेको हो।

यस आईपीओमा आवेदन दिँदा घटीमा १० र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले यो आईपीओ फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत ७ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ।