Dhulikhel Eco Banner new

सामसङले नेपालकै पहिलो राष्ट्रिय ईस्पोट्र्स लिगलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्दै

2.39K
shares

काठमाडौं, २२ फागुन । नेपालको पहिलो राष्ट्रिय ईस्पोट्र्स च्याम्पियनसिप फागुन ८ गते देखि १० गतेसम्म दशरथ रङ्गशाला, काठमाडौंमा सुरु भएको छ । यस ऐतिहासिक प्रतियोगितामा नेपालका प्रमुख ईस्पोट्र्स खेलाडीहरू पब्जी मोबाइल, मोबाइल लेजेन्ड्सः ब्यांग ब्यांग, ई–फुटबल जस्ता ६ प्रमुख ई–गेमिङ टाइटलहरूमा प्रतिस्पर्धा गरिरहेका छन् ।

यो इभेन्टमा सामसङ नेपालले प्रमुख साझेदारको रूपमा सहभागिता जनाएको छ र यो आयोजनामा सामसङका नवीनतम ग्यालेक्सी एस२५ अल्ट्रा स्मार्टफोनले गेमिङको नयाँ स्तरमा पुर्याएको छ। प्रोफेसनल गेमरहरू अहिले ग्यालेक्सी एस२५ अल्ट्रामा प्रतिस्पर्धा गर्दैछन्, र ई–फुटबलको ग्रान्ड फिनाले पनि यसै स्मार्टफोनमा खेलिने कम्पनीले जनाएको छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘सामसङ सधैँ उच्च–प्रदर्शनयुक्त उपकरणहरू प्रदान गर्दै मोबाइल गेमिङ अनुभवलाई नयाँ स्तरमा पु¥याउन प्रतिबद्ध छ’ । उनका अनुसार ग्यालेक्सी एस२५ अल्ट्राले गेमिङ अनुभवलाई नयाँ उचाइमा पुर्याएको छ । यसको स्न्यापड्रागन ८ एलिट प्रोसेसर, ६.९ इञ्चको इमर्सिभ डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटले यसलाई उच्च–स्तरीय गेमर्सका लागि आदर्श बनाएको छ ।

कम्पनीका अनुसार प्रतियोगितामा सामसङ एक्सपिरिएन्स जोनहरू पनि उपलब्ध गरिएका छन्, जहाँ दर्शकहरूले सामसङका नवीनतम उपकरणहरू, विशेषगरी ग्यालेक्सी एस२५ सिरिजका स्मार्टफोनहरूलाई प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।

सामसङका प्रमुख प्रविधिहरू र उपकरणहरूको प्रदर्शनका साथै, यस इभेन्टमा दर्शकहरूको मनोरञ्जनको लागि वाङ्देन शेर्पा, कुमा सागर जस्ता चर्चित कलाकारहरूको संगीत प्रस्तुति, फूड स्टलहरू, इन्टरएक्टिभ एक्सपिरिएन्स जोनहरू र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिएको कम्पनीले जनाएको छ ।