Dhulikhel Eco Banner new

इमान अवार्डबाट आर्थिक न्युजका बानियाँ सम्मानित

3.19K
shares

काठमाडौं, २३ फागुन । आर्थिक न्युज डटकमका सञ्चालक इन्द्रबहादुर बानियाँ सम्मानित भएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आफ्नो दोस्रो वार्षिकोत्सव तथा तेस्रो साधारणसभाका अवसरमा आर्थिक न्युजले लामो समयदेखि अनलाइन आर्थिक पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

शुक्रबार काठमाडौंमा आयोजित भव्य समारोहकाबीच प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दोसल्ला ओडाएर सम्मानपत्रसहित सम्मान गरे । डेढ दशक भन्दा लामो समयदेखि सञ्चालनमा रहेको आर्थिक न्युजको कार्यकारी नेतृत्व इन्द्र बानियाले गर्दै आएका छन् ।