Dhulikhel Eco Banner new

इमानको दोस्रो वार्षिकोत्सव एवंम् तेस्रो साधारणसभा भब्य रुपमा सम्पन्न

2.7K
shares

काठमाडौं, २३ फागुन । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिकोत्सव एवं तेस्रो साधारणसभा भब्य रुपमा सम्पन्न भएको छ । शुक्रवार काठमाडौंको ग्राण्ड होटलमा इमानको दोस्रो वार्षिकोत्सव एवं तेस्रो साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे रहेका थिए भने कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमहादुर मिश्र, अर्थमन्त्रालयका प्रवक्ता श्याम भण्डारी, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवाल, बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्र रेग्मी, जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, डेलपमेन्ट बैंकर्स माधव शर्माको उपस्थित रहेको थियो ।

कार्यक्रममा सरकारी तथा गैर सरकारी क्षेत्रमा संलग्न व्यक्तिहरुका साथै पत्रकारहरुको समेत सहभागि रहेको थियो ।

कार्यक्रममा इमान विशेष सम्मानबाट न्यू बिजनेश एज लि.का अध्यक्ष तथा आर्थिक अभियान दैनिक र न्यू बिजनेश एज म्यागेजिनका प्रधानसम्पादक मदन लम्साल र आर्थिक न्युज डटकमका सञ्चालक इन्द्रबहादुर बानियाँ सम्मानित भएका छन् । कार्यक्रममा इमानको नयाँ कार्यसमिति समेत चयन भएको थियो ।