शेयर बजारमा गिरावट, २०९ कम्पनीको शेयर मूल्य घट्यो
वि.सं.२०८१ फागुन २७ मंगलवार १५:०९
shares

काठमाडौं, २७ फागुन । मंगलवार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ३२.२१ अंकले घटेर २,७१९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ३९ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा नेष्डो सम्वृद्ध लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ६.६९ प्रतिशतका दरले गुमाएका छन् ।

















